काठमाडौं ११, माघ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका सागर चौधरीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
गत सोमबार राति तानसेन नगरपालिका–६ बस्ने २१ वर्षीय सागर चौधरीलाई सोमबार राति पक्राउ गरी अनुसन्धान बढाएको हो ।बर्दिया मधुवन नगरपालिका–३ घर भएका चौधरीले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।