खड्यौली (डोटी), ६ माघ/मकरसक्रान्ती मनाउन घर हिडेका बडिकेदार गाउँपालिकाका कर्मचारीहरु आझै फर्केका छैनन् । गाउपालिका अध्यक्ष देखि निमित्त प्रशासकिय अधिकृत समेत कार्यालय बाहिर छन् । पुस २९ गते बिदामा हिडेका कर्मचारीहरु माघ ६ गते सम्म पनि कार्यालयमा हाजिरी छैनन् ।
बडिकेदार गाउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत महेशदत्त भट्ट सहित योजना शाखाका प्रमख चित्रराज जोशी, महिला तथा वालबालिका शाखाका प्रमख चक्रबहादुर कलेल, शिक्षा शाखाका बिवेक देउवा, प्राबिधिक शाखाका प्रमुख दानबहादुर पछेरा, कृषि भेटनरी शाखाका प्रमख सुरेन्द्र शाह, स्वास्थ्य शाखाका प्रमख योगेन्द्र शाही, लेखा शाखाका युवराज भट्ट, खानेपानी तथा सरसफाई टेक्निसियन चक्र देउवा र स्टोर शाखाका छविराज भट्ट कार्यालयमा हाजिरी छैनन् । उनीहरु बिभिन्न तालिम गोष्ठी र कार्यालयको कामका लागि कार्यालय बाहिर रहेको बताउदै आएका छन् ।
माघ ६ गते सुचना प्रविधि शाखाका प्रमख टोपबहादुर चन्द र स्वास्थ्य शाखाका सहसंयोजक खडक बहादुर धामी मात्रै कार्यालयमा हाजिरी भएको देखिएको छ । १८ जना भन्दा बढी कर्मचारी रहेको गाउपालिका कार्यालयमा न्युन कर्मचारी मात्रै हाजिरी भएको पाईन्छ ।
निमित्त प्रमख प्रशासकिय अधिकृत भट्ट भने भुमि सम्बन्धी काम देखाउदै एक सातादेखी काठमाण्डौमा रहदै आएका छन् । अधिकृत भट्ट संग सम्पर्क गर्न खोज्दा उनको मोवाईल स्वीच आफ रहेको छ । अधिकांश कर्मचारीको मनमजी चल्ने गरेको छ स्थानीय नागरिकको गुनासो रहदै आएको छ । जती गुनासो गरेपनि उनीहरुको सेवाको कुनै सुधार नआएको बडिकेदार वडा नम्बर २का वडा सदस्य छत्रबहादुर चन्दले आरोप लगाए । ‘अहिले योजना छनोट देखी सम्झौता गर्ने कार्य हुन्छ न प्राबिधिक भेटिन्छन् न योजना शाखाका प्रमुख नै’ वडिकेदार २का वडा सदस्य छत्रबहादुर चन्दले भने–‘कर्मचारीहरुको हालीमुहाली छ लापरवाही गछन् ।’
गाउपालिकाका अध्यक्ष कृष्णबहादुर चन्द भने आफु कामका शिलसिलामा बाहिर रेहेको त्यसका बारेमा आफु जानकार नभएको बताए । गाँउपालिकामै होलान नी कर्मचारी उनको प्रतिकृया थियो । गाउपालिकामा भेटिएकी गाँउपालिकाकी उपाध्यक्ष ईन्द्र भाट भने कर्मचारीहरु जनप्रतिनिधीको निर्देशनलाई अटेरी गर्ने गरेको बताईन् । पटक–पटक निमित्त प्रमुख प्रशासकिय अधिकृत महेशदत्त भट्टलाई निर्देशन दिदा पनि कर्मचारी चलाउने प्रशासकिय अधिकृतले हो तपाईहरु हस्तक्षेप नगर्न बताउदै आएको बताईन् । कर्मचारी कार्यालयमा भेटिदैनन् भन्ने प्रश्नमा सबै कर्मचारीहरुलाई सम्पर्क गरी कार्यालयमा हाजिरी हुन निर्देशन दिने बताईन् ।
‘धेरै गाँउपालिकाका काम पनि थाति रहेका छन् कर्मचारीहरु कार्यालयमा नहुदा’ गाँउपालिकाकी उपाध्यक्ष भाटले भनिन्–‘कतिपय कार्यालयकै कामहरु पनि धेरै रोकिएका छन् ।’‘एक हप्तादेखि न त जनप्रतिनिधि छन्, न त कर्मचारीहरु नै,’ एक स्थानीय भने,‘कार्यालयमा आउँदा कोही पनि कर्मचारी भेटिएनन् ।’ ‘सरहरु कोही बिदामा गएपनि अहिले कार्यालयमा छैनन् भने कोही कार्यालयकै कामका लागि सिलगढी, धनगढी र काठमाण्डो गएका छन्’ कार्यालयका निमित्त खडक धामीले भने–‘अब चाडै सबै हाजिरी हुन्छन् ।’