धनगढी, ५ माघ । धनगढीको लोटस क्याफे थप सुविधासहित नयाँ ठाउँमा सञ्चालनमा आएको छ। विगत तीन वर्षदेखि धनगढीको राष्ट्र बैंक पछाडि सञ्चालित क्याफेले तेस्रो वार्षिकोत्सव नयाँ ठाउँमा मनाएको हो।
होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा लामो अनुभव भएका टंक कठायत र खेम नाथ योगीद्वारा सञ्चालित क्याफे राष्ट्र बैंक लाइनमै साझा प्रकाशनको भवनमा सञ्चालनमा आएको हो।
क्याफेमा एसीयुक्त रेस्टुरेन्ट, टीकटक जोन, छुट्टाछुट्टै क्याबिन, विषेश फोटो सुट, ३५÷४५ जना अटाउने जन्मदिन मनाउने हल, फ्री होम डेलिभरी, सेमिनार हल, खुल्ला रेस्टुरेन्टको व्यवस्था रहेको सञ्चालक टंक कठायतले जानकारी दिए।
यस्तै, क्याफेमा इन्डियन, चाइनिज, तन्दुरी, नेपाली, कन्टीनेटल फुड, विभिन्न प्रकारका पेय पदार्थ र सबै प्रकारका आइसक्रिमको व्यवस्था रहेको अर्का सञ्चालक योगीले बताए।