सरस्वती साफरी
धनगढी, ३० पुस/सुदूरपश्चिम कोरोनाको उच्च जोखिम भए पनि धनगढीको हाटबजार निर्वाद रुपमा संचालन भएको छ । हाटबजारमा किनमेल गर्ने सयौको संख्यामा भिडभाड भएपनि स्वास्थ्य सुरक्षाको मापदण्डमा कुनै पालना देखिएको छैन ।
धनगढी उपमहानगरपालिका कार्यालय आगाडीनै रहेको त्रिनगर हाट बजार निर्वाद रुपमा संचालन भएपनि कसैको नजर पर्न सकेको छैन । कोरोना माहामारीको उच्च जोखिम भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना सुरक्षाका लागि निर्देशिका जारी गरेपनि त्यसको उलंघन गर्दै शुक्रबार धनगढी हाट बजारमा भने विहानै देखि भिडभाड रहेको छ । कोरोना माहामारी बढिरहेका बेला पनि हाट बजार भने बन्द गरेको छैन ।
‘के कोरोना विध्यालय र सरकारी कार्यालय बाट मात्र सर्छ ?’ धनगढी–३ मिलन चोकका सञ्जिवकुमार श्रेष्ठले भने–‘हाट बजार खुलेयाम संचालन छ कता गय नियमन निकाय ?’ धेरै भिडभाड हुने हाटबजारले गर्दा कोरोना सर्ने निकै जोखिम रहेको छ उनले भने । यसको बिकल्प खोज्नुपर्ने श्रेष्ठले सुझाव दिएका छन् ।
बढी भिडभाड हुने क्षेत्रका रुपमा हाटबजार भएकोले यसरी हाट बजार खुला गरे धनगढीमा कोरोना सक्रमणको सख्या बढ्ने भएकोले यसलाई स्थानीय प्रशासनले ध्यान दिन धनगढी पुरानो भन्सार रोडकी प्रमिला मल्लले बताईन् ।‘कोरोनाको महामारीको तेस्रो लहर आएका बेला भिडभाड हुने सबै क्षेत्र बन्द गर्नु पर्नेमा हो’ मल्लले भनिन्–‘तरकारीका पसलहरु सबै ठाउमा रहेकाले हाट बजार खोल्नै पर्छ भने जरुरी देखिदैन ।’ यसलाई बन्द गर्नु पर्ने जरुरी भएको उनल बताईन् । हाट बजारमा विभिन्न साना–ठुला गरेर व्यापारिहरु सबै आउने गरेको छन । व्यापार गरेर खाने वर्गलाई हाटबजार बन्द गरे के खाने भनेर समस्या हुने गर्छ त्यसैले हाट बजार बन्न नगरेको र सुरक्षाका मापडण्ड अपनाएर व्यापार गर्ने धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरी बताउछन् ।
‘बजार व्यावसाय बन्द गर्नु भन्दा सबैल सुरक्षाका मापदण्ड अपनाएर सुरक्षित भएर कारोबार गर्ने हो’ प्रवक्ता मुडभरीले भने–‘ सबैले सुरक्षित भएर कारोबार गरौ र कोरोनाको खोप लगाऔ ।’ उता त्रिनगर हाटबजार व्यबस्थापन समिति भने अहिले माघेसंक्रान्तीको कारोबार हुनेभएकोले अन्तिम दिन कारोबार गरेको बताउछ ।
‘कोरोना बढे सगै माघेसंक्रान्ती पनि नजिकै आयो व्यापारी गरेर खानेलाई व्यापार बन्द गरे के खाने ?’ त्रिनगर हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानीसिह चैसिरले भने–‘ चाडपर्वमा कसैलाई तरकारीको समस्या नहोस बजार संचालन गरेका हौ ।’ थारु समुदायको महान् चाड माघीमा कारोबार धेरै हुने हुदा कसैलाई रोक्न सकिएन अध्यक्ष चौसिरले बताए । अब आगामी दिनमा हाटबजार सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार व्यवस्था गरेर मात्रै संचालन गर्ने त्रिनगर हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानीसिह चैसिरले जानकारी दिए ।