धनगढी २६ पुस/कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडमा रहेको नमस्ते बचत तथा रिण सहकारी संस्था लिमीटेडको सञ्चालक समिति गठनमा विवाद उत्पन्न भएको छ । पुस १७ गते साधारण सभा गरेको उक्त सहकारीले पुस २३ गते राति एक्लौटी ढंगबाट नयाँ समिति गठन हो ।
दुई कार्यकाल अध्यक्ष भएका जगतराम चौधरीले मध्यराति पुनः आफैलाई अध्यक्ष घोषणा गरेको भन्दै उजुरी परेको छ । सहकारीका सदस्य मनिराम चौधरीले संस्थाको एक्लौटी निणर्य विरुद्ध सहकारी रजिष्ट्रार कार्यालय, सहकारी विभाग, जिल्ला सहकारी संघको कार्यालय र निर्वाचन समितीमा उजुरी दर्ता गरेका छन् । उनले साधारण सभामा निर्वाचन प्रक्रिया घोषणा नगरेको पक्रिया मिचेर समिति गठन गरेको लगाएतका बिषयमा उजुरी दिएका छन् ।
पुस २३ गते शुक्रबार सहमतिको लागी बसेको छलफलमा सहमति नभएको र निर्वाचनमा जाने निणर्य गरेको बताए । तर चौधरीले रातिनै उम्मेदवारी दर्ता गर्ने र मध्यरातिनै निर्वाचन कार्य तालिका प्रकाशन गरेर रातिनै पक्रिया विपरित अध्यक्ष घोषणा गरेको बताए । उनले भने २३ गते बेलुका ५ बजेसम्म सहमति भएको थिएन् सहमति नभएपछि आइतबार गर्ने भनेर सबै सेयर सदस्य घरतिर लागे, त्यसपछि त्यहि दिन एक्लौटी ढंगबाट कागजी प्रक्रिया मिलाएर नयाँ समिती गठन गरिएको बताए ।उनिहरुले सचिवमा निर्वाचित गरेका जिवन चौधरीले समेत मध्येराति एक्लौटी ढंगबाट पुनँ आफैलाई अध्यक्ष घोषणा गरेको बताए । उनले भने आफै चलाउन आफै खाउ भन्ने उद्देश्यले ४ बर्ष अध्यक्ष भएका जगतरामले मध्यराति आफैलाई अध्यक्ष घोषणा गरेको बताए । आफुलाई सचिवमा निर्वाचित गरेको भएपनि कुन पक्रियाबाट निर्वाचित भएको भनेर थाहा नभएको उनले बताए ।
यता अध्यक्ष जगतराम चौधरीले भने आफु निर्वाचन पक्रिया अनुसार सर्वसम्मत आफु अध्यक्ष भएको दाबि गरेका छन् । उनले भने २३ गते दिनभर सहमति भएर आफु अध्यक्ष भएको र सोही अनुसार सबै पदमा नेतृत्व चयन भएको बताए । ५ हजार ८ सय ७३ जना सेयर सदस्य रहेको उक्त सहकारी २०६५ सालमा स्थापना भएको थियो ।