धनगढी, २५ पुस/आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले कृषी सहकारीले कृषी उत्पाद गरी आर्गानिक ब्रान्ड बनाउन आग्रह गरिन । कुनै पनि आफ्ना कृषी उत्पादन गरेर त्यसको ब्रान्डीङ्ग गर्न सके मात्रै सफल हुने बताईन् ।शनिबार धनगढी उपमहानगरपालिका १४ फुलबारीमा कुटोकोदालो आधुनिक कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।
‘धेरै सहकारी खुले धरासायी बने तर, अब कृषीमा पनि सरकारले लगानी गरिरहेको छ’ मन्त्री जोशीले भनिन्–‘एक कृषी सहकारी एक उत्पादन नीति लिएर आघाडी बढ्न सुझाब दिईन् ।’ कुटोकोदालोले सहकारीले नाम अनुसारको काम गरेको बताएकी छिन् । ‘कृषिमा केन्द्रीत भएको सहकारी यो काममा सक्षम छ जस्तो लागेको छ’ मन्त्री पूर्णा जोशीले भनिन्, ‘सम्मानित हुने किसानको प्रतिवद्धता देखेर पनि मलाई आश लाग्यौं ।’
मन्त्री जोशीले परम्परागत नाम राखेर आधुनिक काम सहकारीले गरेको बताइन् । ‘आफ्नो परम्परागत नाम जुराउनु भएको छ, आधुनिक काम गर्नु भएको छ’ मन्त्री जोशीले भनिन्, ‘प्रदेश सरकारबाट गर्नुपर्ने सहयोग को निमिक्त मेरो जहिले पनि ध्यान हुनेछ ।’ मन्त्री जोशीले सहकारीको नाममा जग्गा उपलब्ध गराए भवन निर्माणका लागि प्रदेश सरकारबाट सहयोग जुटाउन पहल गर्ने बताइन् । ‘सहकारीको नाममा जग्गा उपलब्ध गराउनुहोस् । प्रदेश सरकारबाट भवन निर्माणका लागि २०/३०/४० लाख कति लाग्छ त्यो प्रदेश सरकारले दिनुपर्छ’ मन्त्री जोशीले भनिन्, ‘सहकारीको कृषि उत्पादनमा योगदान छ । यसको लागि म प्रदेश सरकारमा कुरा राख्छु ।’
सहकारीका अध्यक्ष ओम प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य सुशिला बुढाथोकी, वडा नम्बर १४ का अध्यक्ष रामबजारी चौधरी तथा विभिन्न पार्टीका वडा अध्यक्ष तथा प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । सहकारीले साधारण सभाको अवसर पारेर बिभिन्न क्षेत्रमा योगदान पुगाएका लाई सम्मान समेत गरेको छ ।
असल ऋणी मदन भण्डारी, नियमित बचतकर्ता दुर्गाप्रसाद रिजाल, उत्कृष्ट किसान जयान्नद भट्ट र कमला लामिछाने, प्रमुख बजार प्रतिनिधि सरिता अधिकारी, केरा उत्पादक किसान रामप्रसाद चौधरी र सर्वाधिक बचतकर्ता बुद्धिबहादुर खत्रीलाई सम्मानित गरीएको हो । सम्मानित हुनेलाई मन्त्री जोशी, प्रदेश सभा सदस्य बुढाथोकी र अध्यक्ष शर्माले खादा, अबिर र प्रमाण पत्र दिनुभएको थियो । सचिव कृतबहादुर बिष्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पूर्णराज तिवारीले गरेका थिए ।