धनगढी, २५ पुस/सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दैनिक उपभोग्य खाद्य वस्तुको सुपथ मूल्य सञ्चालनमा ल्याएको हो ।
सुपथ मूल्य पसलमा पहाडी भेगका अर्गानिक खाद्य वस्तु मासको कालो दाल, गहतको रातो दाल, गहतको कालो दाल, मह, घ्यू, विभिन्न प्रकारका अचार, मस्यौरा, सस, कोदोको पिठो लगायतका खाद्य सामाग्री बिक्रिबितरण हुने सहकारीले जनाएको छ ।
साधारण सभाको अवसर पारेर सहकारीको बहुउदेश्यीय भावलाई आत्मसात गर्दै सेयर सदस्यलाई लाभान्वित हुने गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको अध्यक्ष जनकराज पाण्डेले बताए । उनले सेयर सदस्यलाई बजार मूल्यमा ५ देखि १० प्रतिशत छुट दिइने बताए । सहकारीको शनिबार प्रथम साधारण सभा सम्पन्न भएको छ ।
