धनगढी २१ पुस/कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन्।जिल्लाको लम्कीमा क्रेन र मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कंचनपुरको बेलौरीका ३६ वर्षीय मेघलाल चौधरीको घटना स्थलमै मृत्यु भएको भएको प्रहरीले जनाएको छ।
पुर्व देखि पश्चिम तिर जाँदै गरेको से४प६०२१ नम्बरको मोटरसाइकल र पश्चिम देखि पुर्व तिर आउदै गरेको रा१प११३० नम्बरको क्रेन पुर्व पश्चिम् महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको लम्की चुहा नगरपालिका वडा न।६ स्याउलेमा एक आपसमा ठोकिदा बेलौरिका चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुर्व देखि पश्चिम तिर जाँदै गरेको मोटरसाइकलले लम्की चुहा ६ का भवानी सिंह भाटलाई सुरुमा ठक्कर दिएको थियो ,पैदल यात्री भाटको अवस्था सामान्य छ उनको खुट्टामा चोट लागेको र उनको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।भाटलाई ठक्कर दिने उक्त मोटरसाइकल अनियन्त्रित भएर क्रेनमा ठोकिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।चालक सहित क्रेन प्रहरीले नियन्त्रणमा लिइसकेको छ।