चन्द्रागिरँ,२० पुस । यातायात कार्यालय गुर्जुधाराको मोटरसाइकल शाखा अगाडिबाट प्रहरीले १६ जना विचौलियालाई पक्राउ गरेको छ।
चन्द्रागिर–५ स्थित यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीको काम चाँडो गरिदिने भन्दै जवरजस्ती तान्ने ती विचौलियालाई प्रहरीले सोमबार पक्राउ गरि हिरासतमा लिएको हो।
उनीहरुले सडकमै बसेर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई तान्दै दुस्ख दिएको अवस्थामा तत्काल पक्राउ गरी मुलुकी फौजदारी अपराधसंहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरिएको हो। उनीहरु सबैलाई अहिले प्रहरी वृत्त थानकोटमा राखिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले यातायातसहितका कार्यालयमा विचौलिया बढेको गुनासो आएपछि उनीहरुविरुद्ध कारबाही तीव्र पारिएको बताएका छन्।
