धनगढी, १७ पुस/इलेक्ट्रोनिस्क डिलर्स एसोसियसन अफ नेपाल (ईडान)को ९ औ साधारण सभाले आगामी दुईबर्षे कार्यकालको लागि गोबिन्द खतिवडाको अध्यक्षतामा निर्बिरोध कार्यसमिति चयन गरेको छ ।
ईडानका संस्थापक अध्यक्ष जगत खडकाको प्रमुख आतिथ्य तथा निबर्तमान अध्यक्ष राजेश भाटको सभापतित्वमा शनिबार भएको साधारणमा वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद तिवारी, उपाध्यक्षमा टोप बहादुर केसी, महासचिवमा राहुल बंशल, कोषाध्यक्षमा हिमाल लम्साल र सचीवमा यज्ञराज ओझा निर्बिरोध चयन भएका हुन ।त्यस्तै निर्बिरोध चयन हुने सदस्यहरूमा सुरेश पाठक, धर्मानन्द पान्डेय, नेत्र पौडेल, प्रकाश नाथ र भिम चौधरी रहेका छन ।