काठमाडौं, २७ मंसिर । जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला अदालतले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण)सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए।
मुलुकी ऐनमा जन्मकैदको सजाय भए २० वर्ष कैद हुने व्यवस्था छ। न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले तीनजना आरोपितहरूलाई दोषी ठहर गरेको हो।
आरोपितमध्ये अर्का भक्तिराम लामिछानेलाई तीन वर्षको कैद सजाय भएको छ।
