धनगढी, २५ मंसिर । कैलालीमा २२ वर्षीय विवाहित युवती मृत फेला परेकी छिन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ९ रामशिखरझालामा २२ वर्षीय झरना विक मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार विक घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। ‘मृतक झरनाका श्रीमान राजेश विक र ससुरा जगतबहादुर विकलाई पक्राउ गरिएको छ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’