धनगढी २२ मंसिर/ नेशनल लाईफ इन्स्योरेन्सको धनगढीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । सेवाग्राहीको सहजताका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा सम्पर्क कार्यालय स्थापना गरिएको हो । सो सम्पर्क कार्यालय कार्यालयका प्रदेश प्रमुख रामचन्द्र तिवारीले गरेका थिए ।
एजेन्सी कार्यालय प्रदेश प्रमुख शुशिला देउवाको अध्यक्षतामा भएको कार्यक्रममा इन्स्योरेन्स कम्पनीका अभिकर्ता, सेवाग्राही, लाभग्राही, ग्राहक लगायतको सहभागिता रहेको थियो ।धनगढका प्रमुख उमाकान्त जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अभिकर्ता गणेश थापाले गरेका थिए ।
यस्तै सो अवसरमा सर्वोत्कृष्ट अभिकर्ताका रुपमा सिवि कलम बम र बसन्त भण्डारी, उत्कृष्ट ग्राहक सिता मल्ललाई सम्मानित गरिएको थियो भने लगनशिल, इमान्दार अभिकर्ताका रुपमा इश्वरी जोरा र निता खत्रीलाई सम्मानित गरिएको थियो । उनीहरुलाई दोसल्ला र खादा ओढाएर सम्मान गरिएको एजेन्सी प्रमुख देउवाले बताइन ।
