काठमाडौं, २० मंसिर । नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सुकीलाई चार वर्ष जेल सजाय सुनाइएको हो ।
अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ। सेनाले कू पछि म्यानमारमा दिनिक प्रदर्शनहरू भइरहेका छन्।