सरस्वती साफरी
धनगढी, १७ मंसिर/धनगढीमा धेरै मात्रामा अटो रिक्सा भएकोले यसको व्यवस्था हुन सकेको छैन । अटो रिक्साको बढ्दो प्रयोगले धनगढी सहर दुर्घटनाको सहर बन्दै गएको छ । अटो रिक्साको बढ्दो प्रयोगले धनगढी सहर दुर्घटनाको सहर बन्दै गएको छ ।
धनगढी बजारमा विभिन्नपालिकाबाट आएर अटो रिक्सा चलाउने गरेकाले पनि अटोको संख्या धेरै भएको हो । धनगढीमा अटोको सख्या धेरै भएकोले दृर्घटना बढी हुने गरेको धनगढी उपमहानगरपालिकाले गठन गरेको अटो रिक्सा व्यबस्थापन समितिका संयोजक बल बहादुर ऐरले बताए ।
जुन स्थानीय तहमा दर्ता भएको हो त्यही ठाउमा अटो रिक्सा नचलाउदा पनि धनगढीमा अटो व्यबस्थापन मुस्कील भएको संयोजक ऐरले बताए । उनले भने धनगढीमा मात्र जम्मा अटो एघार हजार छन जसमा नौ सय अटो दर्ता गरेको र नम्बर प्लेट समेत दिएको छ भने बाकी सबै नम्बर बिनाकै चलिरहेको ऐरले बताए ।
‘अटो रिक्सा व्यवस्थाका लागी सुरुवात देखि नै पहल गरेका छौ’ अटोरिक्सा चालक संघका संयोजक मिनराज जोशीले भने–‘आठ वर्ष भई सक्दा पनि अहिले सम्म यातायातले कुनै व्यवस्था मिलाउन नसकेको छैन ।’मजदुरका हक हितका लागी बनेको समिती भए पनि यसको व्यवस्था गर्न सम्बधित निकाएले कुनै पनि कदम नचालेको जाशीको भनाई छ । दशै तिहार पछि नियम बनाउने थियो भने अहिले सम्म कुनै टुङगो नलागेको संयोजक जोशीले बताए ।
सडक साधुरो भएकोले सवारी साधनको सख्या धेरै मात्रामा रहेको छ । सवारी चालकहरुले जथाभाबी सवारी चलाउने गरेकोले धेरै दृर्घटना हुने गरेको कैलालीका ट्राफिक प्रमुख वकिल बहादुर सिँहले बताए । दुर्घटना हुनुको मुख्य कारण उमेर नपुगेकाले सवारी साधन चलाउने गरेको छ । यसलाई व्यवस्था गर्न रुढ तोक्ने, कती उमेर समुहका व्यक्तिले चलाउने भनेर उमेर समुह तोक्ने, दर्ता प्रणाली रोक्ने, कुन ठाउमा कति अटो रिक्सा चलाउने सख्या तोक्ने दृर्घटना रोक्न सकिने ट्राफिक प्रमुख सिँहले बताए । यस समबन्धी सरोकार वाला निकाए संग पहल गरेको सिहले बताए ।