धनगढी, १७ मंसिर । धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमालाई प्रकाउ गरि सार्वजनिक गरीएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको हो।
रोकायालाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। निशान सौतेनी आमा रोकायासंगै शिखर टोलमा रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए।
उनी मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए भने रोकाया सोही दिनदेखि फरार थिइन्। कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानअगाडी बढाईएको प्रहरी उपरीक्षक प्रकाश जोशीले बताए ।
