धनगढी– ५, मंसिर – नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका सहकारी आन्दोलनका अभियन्ता भोजबहादुर बमको नाम अहिले राजनीतिक मोर्चामा अग्रपंक्तिमा आउँछ । उनै भोजबहादुर बम अहिले कैलाली कांग्रेसको क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवारका रुपमा मतदातामाझ लोकप्रिय बनेका छन् ।
‘२०४६ साल यताको राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाएको थिए,’ उनले विगत सम्झँदै भने,‘ती दिन सम्झँदा अहिले पनि झसंग हुन्छु, त्यो बेला प्रहरीको आँखा छल्दै बहुदका पक्षमा पर्चा पम्पलेट बाँड्न विद्यार्थी संघबाट लुकेर हिँड्थ्यौँ ।’ राजनीतिमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्यहुँदै तरुणदलको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र पार्टीको जिल्ला सदस्यका रुपमा काम गरेको अनुभवका आधारमा उनी अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि (खुल्ला) मा प्रतिस्पर्धा गरिरहेका छन् ।
‘मैले २०४६ सालको आन्दोलनमा अग्र मोर्चामा गरेको योगदानको सदैव राजनीतिक सहकर्मी र सहयात्रीले सहयोग गर्दै आएका छन्,’ उनले भने,‘त्यही सहयोग र सहाकार्यकै आधारमा यसपालि पनि मैले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको छु ।’
राजनीतिककर्मी बमले सुदूरपश्चिममा राजनीतिकमा गरेको योगदानसँग सहकारी आन्दोलन र खेलकुद क्षेत्रमा पनि उत्तिकै योगदान दिएका छन् । कराते संघको जिल्ला अध्यक्ष समेत रहेका बमले यहाँको राजनीतिकसँगै सामाजिक र आर्थिक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याएको उनका राजनीतिक सहयात्रीहरु बताउँछन् ।
