कञ्चनपुर, ३ मंसिर । कात्तिक पहिलो साता भएको बेमौसमी वर्षाले महाकाली सिंँचाइ आयोजना तेस्रो चरणमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ । चुरेबाट बग्ने विभिन्न खोलानालाहरूमा आएको बाढीले नहरको बाँध भत्काउनुका साथै कज वे (पैदल हिँड्ने पुल) हरूमा समेत असर गरेको छ ।
कात्तिक २ र ३ गते चुरेबाट बग्ने खोलानालाहरूमा आएको बाढीले क्षति पुर्याएको आयोजना निर्देशक रणबहादुर बमले बताए । उनका अनुसार पहिलो चरणमा निर्माण गरिएको १३ किलोमिटर नहरको तिलकेनी खण्डमा तीन ठाउँमा नहर भत्किएको छ । यस्तै, बेदकोट नगरपालिका क्षेत्रमा बगुन खोलाको र धौले खोलामा निर्माण गरिएको कज वेमा क्षति पुर्याएको छ ।
बाढीले पुलको फेदमा कटान गरेकाले तत्काल कटान नियन्त्रणसँंगै तटबन्ध निर्माण गर्नुपर्ने बताए । ‘करिब पाँचरसात करोडको क्षति पुगेको छ,’ आयोजना निर्देशक बमले भने, ‘खहरे खोलाहरूले थोरै समयमा पनि ठुलो क्षति पुर्यायो ।’
आर्थिक वर्ष ०६३र०६४ देखि निर्माण सुरु भएको उक्त आयोजनाको पहिलो चरणमा ब्रम्हृदेवदखि मुसेपानीसम्म १२ दशमलव ८ किलोमिटर मुल नहर निर्माण भएको छ । अहिले मुसेपानीदेखि थप १६ किलोमिटर मुल नहर निर्माणको काम चलिरहेको छ । विभिन्न खण्डमा ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढेको आयोजना निर्देशक बमले बताए ।
आयोजनाको मूल नहर १५१ किलोमिटर र शाखाहरू १७२ तथा प्रशाखाहरू १ हजार २४ किलोमिटर निर्माण गर्नुपर्नेछ । तर हालसम्म करिब १३ किलोमिटर मात्रै मूल नहर निर्माण भएको छ ।
पछिल्लो समय टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमासम्म भारतीय क्षेत्रमा पर्ने १२ सय मिटर नहर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भारतले डिसेम्बरसम्म उक्त क्षेत्रमा पानी सञ्चालन गर्ने तयारी गरेपछि नेपाललाई पनि नहर निर्माणमा थप दबाब परेको छ ।
महाकाली सिंँचाइ आयोजना तेस्रो चरणले दोधारा चाँदनी नगरपालिकाअन्तर्गत सुन्दरनगर र कुतियाकभरमा जोगबुडा नदीमा तटबन्ध निर्माणका लागि समेत बजेट माग गरेको छ । कात्तिक पहिलो साताको बाढीले ठूलो मात्रामा खेतीयोग्य जमिन कटान र पटानसँंगै स्थानीयहरू विस्थापित भएका थिए ।
आयोजनाले आधार क्षेत्र बचाउ कार्यक्रम अन्तर्गत उक्त क्षेत्रमा तटबन्ध निर्माण गर्नका लागि बजेट माग गरेको हो । ‘दुवै ठाउँ उच्च जोखिममा भएकाले तटबन्ध निर्माण अनिवार्य भएको छ,’ बमले भने, ‘उक्त क्षेत्रमा पक्की तटबन्ध नै निर्माण गर्नुपर्ने देखिन्छ ।’ उनका अनुसार २५ करोड बजेट निकासा भए ४ किलोमिटर तटबन्ध निर्माण गर्न सकिन्छ ।
महाकाली सिंँचाइ आयोजना तेस्रो चरणअन्तर्गत शारदा नहरबाट दोधारा चाँदनीमा पनि सिंँचाइ नहर निर्माण गर्नुपर्नेछ । उक्त नहर निर्माणका लागि हालसम्म कुनै तयारी अघि बढेको छैन । आयोजनाअन्तर्गत १५ किलोमिटर मूल नहर निर्माण गरेर ३६ सय हेक्टरमा सिंँचाइ सुविधा उपलब्ध हुनेछ । उक्त क्षेत्रमा पनि नेपाल–भारत सीमासम्म भारतीय क्षेत्रको नहर भारतले नै निर्माण गर्नुपर्ने महाकाली सन्धिमा उल्लेख छ ।