कञ्चनपुर, ३ मंसिर । कञ्चनपुरमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन।
जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १ राजिपुरका २३ वर्षीय सागर कार्की, बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका १८ वर्षीय जनक रेग्मी र बेदकोट नगरपालिका वडा नम्बर ८का २३ वर्षीय ज्ञानेश विष्ट पक्राउपरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ।
बिहीबार नेपाल भारत सिमाना स्थित बेलौरी नगरपालिका वडा नम्बर १० भुडाबाट उनीहरुलाई ५ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक लाल बहादुर बमले बताए।
उनीहरुको साथबाट मोटरसाइकल समेत बरामद गरिएको छ। उनहरुमाथी थप अनुसन्धान भइरहको बमले बताए।