धनगढी, २ मंसिर । धनगढीमा एक बालक मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ शिखर टोलमा बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार निशान सौतेनी आमा माघी रोकायासँग वडा नम्बर २ को रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए। निशान कोठाभित्रै मृत फेला परेका हुन्।
उनकी आफ्नी आमा र बुवा बहादुर भने भारतमा छन्। माघी रोकाया बहादुरकी जेठी श्रीमती हुन्। ‘माघी रोकाया एक छोरा र एक छोरीसंगै कार्तिक ३० गतेदेखि बेपत्ता रहेको जानकारी प्राप्त भएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ।’ स्थानीयले बालकको हत्या भएको बताएका छन्।