धनगढी, १ मंसिर/ नेपाली कांग्रेस धनगढी उप महानगरपालिका नगर कार्य समितीको सभापति यज्ञराज उपाध्याय सर्वसम्मत रुपमा चयन भएका छन् ।
मंगलबार सुरु भएको नगर अधिवेशनबाट उपाध्याय सभापति सर्वसम्मत चयन भएका हुन । नगर सभापतिका लागि निर्माण व्यवसायी सङ्घ कैलालीका अध्यक्ष समेत रहेका यज्ञराज उपाध्याय र रुपेश स्वारले उम्देबारी दिएका थिए ।
नेपाल विद्यार्थी सङ्घबाट नेपाली काँग्रेसको राजनीतिमा उपाध्याय सक्रिय भएका थिए ।
यस्तै नगर कार्य समितीका अन्य पदमा भने उम्मेद्धारी दर्ता भइरहेको छ ।