धनगढी, ३० कार्तिक । असार २९ गते प्रधानमन्त्रीको पाँचौँ इनिङ्सको सुरुवात गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसपछि पार्टी मुख्यालय जाने कष्ट गरेका छैनन् । उनले निजी निवास बुढानीलकण्ठबाट नै कांग्रेस चलाउँदै आएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै पार्टीको काम गर्थे । देउवाले बालुवाटारलाई पार्टीको काम गर्ने अखडा त बनाएका छैनन् तर पनि पार्टी कार्यालयबाट गर्नुपर्ने पार्टीका काम निजी निवास बुढानीलकण्ठबाट नै गर्दै आएका छन् ।
कात्तिक २१ मा जारी गरेका विज्ञप्तिमा २८ गते दिउँसो १ बजे पार्टी केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा बस्ने थियो । तर बैठक देउवाको निजी निवास बुढानीलकण्ठमा बस्यो । प्रधानमन्त्री देउवाको समय व्यस्तताले गर्दा बैठक बुढानीलकण्ठमा बसेको देउवा निकट नेताको भनाइ छ । केन्द्रीय निर्वाचन समितिलाई काम गर्न समस्या नआओस् भनेर केन्द्रीय कार्यालयमा बैठक नराखिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाकारी दिए ।
‘केन्द्रीय समिति बैठक सानेपामा गर्दा केन्द्रीय निर्वाचन समितिको कामकाजमा डिस्टर्ब हुन्छ । त्यहाँ बैठक गर्दा करिब दुई सय मानिस भेला हुन्छन् । सञ्चारकर्मी पार्टीका सदस्यहरूले धेरै हुन्छन्’, उनले भने, ‘महाधिवेशन आउन एक महिना पनि छैन । छोटो समयमा निर्वाचन समितिले धेरै काम गर्नुपर्नेछ । सातै प्रदेशको मंसिर १६ मा हुने अधिवेशनको काम पनि निर्वाचन समितिले केन्द्रबाटै गर्नुपर्नेछ ।’
अनुकूलताका लागि बुढानीलकण्ठमा बैठक बसेको प्रवक्ता शर्माको भनाइ थियो । उता निर्वाचन समिति भने केन्द्रीय समितिको बैठकबाट केही प्रभाव नपर्ने बताउँछ । ‘रौतहटको केसले पार्टी सभापतिलाई अप्ठ्यारो हुन सक्छ भनेर हो, त्यस्तो केही होइन’, निर्वाचन समितिका एक सदस्यले लोकपथसँग भने । केन्द्रीय कार्यालय सानेपामा ११७ दिनदेखि रौतहटका नेता तथा कार्यकर्ता धर्नामा छन् । महासमिति सदस्य डा। देवचन्द्र मिश्र, पूर्वस्वास्थ्य राज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यादवलगायत धर्नामा बसेका छन् ।
‘११६ दिनसम्म सभापति देउवाको अनुहार देखिएको छैन । संस्थापन पक्षका नेताहरू पनि बेवास्ता गरेर हिँड्थे, अहिले त पहिले सहयोग गर्छौँ भनेका संस्थापनइतर पक्षका नेताहरू पनि आएका छैनन्’, डा। मिश्रले लोकपथसँग भने ।निर्वाचन समितिका अनुसार रौतहटमा निर्वाचन प्रक्रिया चलिरहेको छ ।‘रौतहटमा क्रियाशील विवाद समाधान भइसक्यो भनियो तर हामीलाई थाहा नै छैन । रातारात २ दिन पहिलो निर्वाचन अधिकृत गए’, डा। मिश्रले थपे ।
जिल्ला सभापति कृष्णप्रसाद यादवको लिस्टलाई सदर गरेर निर्वाचन प्रक्रिया अघि बढाइएको अनशनरतहरूको भनाइ छ । रौतहटका १३ जना वडा सभापतिहरूलाई जानकारीबिना नै क्रियाशीलता विवाद मिल्यो भनिएको छ । पार्टी केन्द्रीय कार्यसमिति बैठकमा यसबारे कुरा उठेकाले समाधान होला कि भन्ने आशा अनशनकारीलाई छ ।
केन्द्रीय समिति बैठकमा पार्टीभित्रको आन्तरिक विवाद र न्यायालय विवादबारे नेता अर्नुन नससिहं केसी, गगन थापा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहले प्रश्न उठाएका थिए । ‘पार्टीलाई व्यक्तिगत संस्थाजस्तो गरी चलाइरहनु गलत हो’, कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘सायद यो कांग्रेसको महाधिवेशनअघि अन्तिम केन्द्रीय समिति बैठक हुनसक्छ । फेरि हामी बस्छौँ बस्दैनौँ थाहा छैन । देउवाले पार्टीलाई प्राइभेट कोटरी जसरी चलाइरहनुभएको छ ।’
रौतहटका कार्यकर्ताको अनशनबाट पार्टी नेतृत्व भाग्नुपर्ने अवस्था आएको वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ छ । केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले सभापति देउवालाई प्रश्नै प्रश्न राखे ।‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनशन बसेका छन् । सोही कारण हामी भागेर बुढानीलकण्ठमा बैठक बसेका छौँ । सानेपाबाट भाग्नु परेको छ । हामी कसरी अघि बढ्ने हो
प्रधानमन्त्री देउवाको जिल्ला डँडेलधुराको विषयमा पनि पौडेलले प्रश्न उठाए स् पार्टीको कार्यालाय छोडेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने ? अनशन अन्त्य गर्ने कि नगर्ने ? सुतुरमुर्गा शैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने ? अवस्था सुधार्ने कि नगर्ने ? जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यकर्ता आउँछन् तर गुनोसो कसले सुनिदिने रु हामी सबै यहाँ बसेका छौँ । यी समस्या कसरी टुंगो लगाउने रु समस्या समाधान नगरी कसरी प्रस्ताव पास हुन्छ रु पास पास मात्र भनेर हुन्छ ?’
देखिएका विवादहरू वार्ताबाटै हल भएको र अब पनि वार्ताबाटै समाधान हुने पार्टी प्रवक्ता शर्माको भनाइ छ । रौतहटमा विधानविपरीत क्रियाशील सदस्यता दिइएकोमा खारेज हुनुपर्ने माग अनशनकारीहरूको माग छ । तर उनीहरूका माग सुनुवाइ नगरी क्रियाशील सदस्यता सूची सार्वजनिक गरिसकिएको छ । माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चुनौती उनीहरूले दिइरहेका छन् ।
देउवा प्रधानमन्त्री भएपछि साउनको १ र २ गते पदाधिकारी र पूर्वपदाधिकारी बैठक बालुवाटारमा बसेको थियो । त्यसबेला नेता अर्जुननरसिंह केसी महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापालगायतले बालुवाटारमा पार्टीको बैठक गरेकोमा नेतृत्वको आलोचना गरेका थिए ।आलोचनापछि कांग्रेसले पार्टीका औपचारिक कार्यक्रम सरकारी निवास बालुवाटारमा नगर्ने निर्णय नै गरेको छ । साउन ८ मा देउवा निवास बुढानीलकण्ठमै पदाधिकारी बैठक बसेको थियो ।