धनगढी २७ कार्तिक/नेपाली कांग्रेस को १४ औ महाधिबेशनको पहिलो चरण वडा अधिबेशन चुरे गाउँ पालिका वडा न ५ को सभापति जय पाल धामिको नेतृत्व मा निर्विरोध गठन भएको छ ।
उपसभापतिद्वय नर भुपाल बुढा मगर र प्रेम प्रकाश सापकोटा सचिब नरेश बोहरा र बल बहादुर बोहरा , सहसचिव पवन बोहरा र धन ब बोहरा, कोषाध्यक्ष देब बहादुर बोहरा चयन भए । २२ सदस्यी समिति गठन भएको छ । वडा सभापति कर्ण बहादुर बोहराकाे सभातित्वमा
उदघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका पुर्व बझाङ जिल्ला महाधिवेशन प्रतिनिधि रमेश भण्डारी रहेका थिए । विशिष्ठ अतिथिमा बुङ्गल नगर पालिकाका सभापति नरेश थापा, नेपाली कांग्रेसका युवा नेता बालकृष्ण सापकोटाले स्वागत मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रम मा चुरे गापा का पुर्व सचिब भक्तिराम आचार्य ( सुरेस ) ले कांग्रेस अब एक ढिक्का भएर समाज रुपान्तरण मा लाग्ने राजनीतिक दल समाज को सेवाका लागि भएकाले चुरे कांग्रेस ले पनि गाउँ का गरिब विपन्न वर्गको सेवाको सम्भाहक भन्ने विश्वास लागेको बताएका छन ।
स्थानिय सरकारले जनताको सेवकको रुपमा नभयी आफ्ना कार्यकर्ता को पहरेदारको रुपमा कार्य गरेकाले कांग्रेस को नेतृत्व मा सरकारले कसैलाइ पनि भेदभाव नगरी काम गरेर देखाउने कुरा पनि बताएका छन । उक्त कार्यक्रम मा विभिन्न पार्टी परित्याग गरि ४५ जनाले पार्टी प्रबेश गरेका छन ।
