एकेन्द्र चन्द
डोटी २६ कार्तिक/तिहार सिदिय सघै डोटीको बडिकेदार गाउँपालिकामा जात्राको रौनक सुरु भएको छ ।सुदुरपश्चिम् प्रदेशको प्रमुख धार्मिक तथा प्रयटकिय स्थल को रुपमा रहेको ठुला केदारको मेला कार्तिक ३० गते देखि मंसिर २ गते सम्म लाग्ने छ भने बडिकेदार गाउँपालिकाका विभिन्न गाउँ ठाउँमा आज भोलि दैनिकै मेला तथा जात्रा हुने गरेको छ ।
धार्मिक र प्रयटकिय हिसाबले परिचीत बडिकेदार गाउँपालिकाका गाउँ घरमा धिर्गाडी जात, बेताल जात, मोहन्याल जात, मेलघटी जात लगायत गाउँगाउमा आज भोलि जात्रा भैरहेका छ्न ।यतिबेला बडिकेदारका गाउँघरमा चहल पहल पनि बढ्दै छ देबि देवता पुज्न कैलाली र अन्य ठाउँ भारतमा गयका स्थानिय पाहाड तर्फ आइरहेका छ्न ।दैनिक दुई वडा बसमा यात्रु पाउन धौधौ पर्ने गरेकोमा आज भोलि धनगढी देखि मात्र दैनिक सात आठ वटा बसमा यात्रुहरु खचाखच भरियको पाइन्छ।
यति बेला बडिकेदार गाउँपालिकामा लाग्ने ठुलाकेदार मेलामा नेपालका जिल्लाहरु बाट मात्र नभएर भारतका विभिन्न ठाउँबाट पनि भक्तजनहरु आउने गरेको र अन्य देश बाट पनि भक्त्जनहरु आउने क्रम बढेको छ।