धनगढी २३ कार्तिक/कैलालीमा दुई समुहकाे ग्याङ फाईटमा चक्कु प्रहार हुदा एक जनाकाे ज्यान गएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
२ समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।