• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा कृत्रिम फूलमालाको माग बढ्दै

धनगढी, १९ कात्तिक । तिहार रौनकसँगै सुदूरपश्चिम प्रदेशका धनगढीलगायतका सहरी क्षेत्रमा यतिबेला प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूलमालाको माग बढेको छ । सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् ।

तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका लागि फूलको कारोबार बढी हुने गर्छ । फूल मालाको माग बढेसँगै धनगढीलगायतका सहरी क्षेत्रका बजार यतिबेला रङ्गीबिरङ्गी कृत्रिम फूलमालाले झकिझकाउ बनेका छन् । महिला तथा किशोर किशोरीलाई फूलको मालाको जोहो गर्न भ्याइनभ्याई छ ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा छ । मखमली र सयपत्री फूल पर्याप्त मात्रामा नपाउँदा कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय पार्वती भट्टले बताउनुभयो । प्राकृतिक माला कतै पाइछ भने पनि कृत्रिम मालाभन्दा निकै महङ्गो पर्ने गरेको उनी बनाउँछन् ।

कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको धनगढीका व्यापारी अशोक थापाले बताए । उनले भने, “कृत्रिम माला अन्य काममा समेत प्रयोग गर्न मिल्ने भएपछि यसको माग पनि ह्वात्तै बढेको छ, स्थानीय क्षेत्रमा प्राकृतिक फूल उत्पादन नहुँदा कृत्रिम फूलको माग बढेको हो ।”

स्थानीय बजारमा बिक्रीका लागि नाराणगढलगायतका क्षेत्रबाट ल्याइएका सीमित मात्राका मखमली फूलमाला प्रतिगोटा रु १०० मा बिक्री गर्ने गरिएको छ । मूल्य बढी हुँदा सबैले यो मखमलीको तयारी माला खरिद गर्न सकेका छैनन् । रङ्गीबिरङ्गी कृत्रिम फूल भने प्रतिगोटाको बढीमा रु ६०र७० सम्म पर्ने गरेको छ ।

सयपत्री फूलको खोजीमा गाउँतर्फ गइरहेको भेटिएकी स्थानीय अनिता जोशीले भनिन्, “यस वर्ष भएको अबिरल वर्षाका कारण घरमा रोपिएका सयपत्रीका बोट नष्ट हुँदा सयपत्री फूल पाउनै गाह्रो छ ।” कैलालीको त्रिनगर भन्सार नाका भएर ठूलो परिमाणमा कृत्रिम माला भित्रिने गरेका छन् । कागज, कपडा र प्लाष्टिकबाट बनेका कृत्रिम माला धेरै समयसम्म टिक्ने, झट्ट हेर्दा आकर्षक पनि देखिने भएकाले पनि यस्ता मालाको प्रयोग बढेको व्यापारीको भनाइ छ ।

तिहारको समयमा फूलमालाको अत्यधिक माग हुने गर्दछ । अधिकांशले घर आँगनमा पर्याप्त फूल नरोप्ने र रोपे पनि उत्पादन राम्रो नहुँदा कृत्रिम फूलको प्रयोग गर्नुपरेको छ । यस क्षेत्रमा पछिल्ला वर्षमा छिटपुट रूपमा केही व्यक्तिले पुष्पखेती व्यावसायिक रूपमा गर्ने गरेको भए पनि मागअनुसारका उत्पादन हुन नसकेको बताइन्छ । रासस

शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.