धनगढी, १८ कार्तिक । धनगढीमा तीन करोड लगानीमा बिसिएम मोटर्स प्रालि अटो सोरुम संचालनमा आएको छ । धनगढीका ४ युवा मिलेर धनगढी उपमहानगरपालिका २ स्थित विद्युत कार्यालय अगाडि बिसिएम मोटर्स प्रालि संचालनमा ल्याएका हुन् ।
बिहीबार उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले उक्त सो रुम उद्घाटन गरेको संचालकका सदस्य धन्नजय भट्टले जानकारी दिए ।
वैदेशिक रोजगारबाट फर्केका युवा र स्वदेशमा बेरोजगार रहेका युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो पटक धनगढीमा टिभियस कम्पनीको पेट्रोलबाट चल्ने तीन पाङ्ग्रे अटोको आधिकारिक डिलर सन्चालनमा ल्याएको संचालक सदस्य बासु खडायतले बताए ।
पेट्रोल अटोले कैलालीका विभिन्न पर्यटक क्षेत्रका मार्गस्थलसम्म पुग्न यात्रुलाई सहज सुबिधा हुने खडायतले बताए । माधव जोशी,धनन्जय भट्ट, टेक राज भट्ट र बासु खाडायतले संचालक सदस्य रहेका छन् ।