काठमाडौँ, १७ कार्तिक । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया ल्याटोर्तुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन्।
जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र विश्व लिडर्स सम्मेलनमा भाग लिन ग्लास्गो पुगेका प्रधानमन्त्री देउवालाई डेपुटी सीईओ ल्याटोर्तुले मंगलबार भेटेकी हुन्। भेटमा एमसीसी सम्झौताका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।
कांग्रेसभित्रै र अन्य राजनीतिक दलभित्र एमसीसीका बारेमा विवाद भइरहेका बेला प्रधानमन्त्री देउवा सम्झौता पास गर्नुपर्ने पक्षमा रहेका छन्। प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा भएको दाबी गर्दै यसमा विवाद गर्नुनपर्ने बताउँदै आएका छन्।