धनगढी १५ कार्तिक/ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति सार्वजनिक गरेको छ ।
प्रदेश कार्यालय धनगढी र मातहतका कार्यालयहरूबाट आर्थिक वर्ष ०७८÷७९ को तीन महिनाको अवधिमा भए गरेका कामको प्रगति विवरण सोमबार सार्वजनिक गरिएको हो ।
कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले तीन महिनाको अवधिमा अखाद्य वस्तु विक्री वितरण गरेको पाइएको कैलालीको एक व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए । नौ वटा जिल्ला रहेको प्रदेशमा अहिलेसम्म ५१ जना व्यवसायीविरुद्ध मुद्दा दायर भइ अनुसन्धानको प्रक्रियामा रहेको उनले बताए ।
कार्यालयले यस अवधिमा पा“च सय ४८ खाद्य नमुना र १९ दाना नमुना विश्लेषण गरेको जनाइएको छ ।
कार्यालयले दशैं तिहार लक्षित बजार अनुगमनलाई निरन्तरता दिएको उनले बताए । ‘प्रदेश तथा मातहातका कार्यालयबाट एक सय पा“च पटक चाडपर्व लक्षित बजार अनुगमन भएको छ’ उनले भने –‘तिहार नजिकिएकोले अनुगमनलाई थप कडाई गरेका छौं ।’ उनका अनुसार चाड पर्व लक्षित कैलालीमा ९७, डडेल्धुरामा २४, डोटीमा १६ र बैतडीमा आठ पटक बजार अनुगमन गरिएको छ ।
‘कैलाली र डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएको अनुगमनमा कार्यालयबाट खाद्य निरिक्षक खटाई दुषित तथा न्यूनस्तरका, उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुहरु जफत गरी कारबाही प्रक्रिया अघि बढाइएको छ’ उनले भने ।
उनका अनुसार कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकामा खाद्य निरिक्षक मार्फत चाडबाड लक्षित अनुगमन जारी रहेको छ ।
कार्यालयले तीन महिनाको अवधिमा पा“च लाख ९२ हजार चार सय ४० राजश्व संकलन गरेको जनाइएको छ ।
कार्यालय प्रमुख दाहालले उपभोक्ताहरु सचेत भएमात्र स्वच्छ खाद्य उपभोक्ताहरुले पाउने बताए ।