धनगढी, १५ कार्तिक । कैलालीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ३ ढुंगे बगरस्थित कर्णाली नदीको किनारमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।
शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अन्दाजी ५०र५५ वर्षका देखिने, मोटो शरीर, उचाई अन्दाजी ५ फिट ५ ईन्च भएका पुरुषको शव आइतबार राति बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।