काठमाडौँ, १४ कार्तिक । आजदेखि नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनमा माग गर्दै सर्वोच्च अदालत प्रांगढमा धर्नामा बसेका छन् ।
गत सोमबारदेखि इजलास बस्न नसकेको, प्रधानन्यायाधीश विरुद्धको इजलास बहिष्कार र न्यायालयमा देखिएका विकृतिका विरुद्ध कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् ।नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले आजदेखि शुक्रबारको निर्णय अनुसार आफूहरू धर्नामा गएको बताए ।
कानुन व्यवसायीहरुले कालो पट्टी बाँधेर सर्वोच्च अदालत प्रांगढमा धर्ना दिइरहेका छन् । उक्त विरोधको विरुद्धमा रहेका केही वकिलहरूले भने सेतो पट्टी बाँधेर विरोधको विरोध समेत गरिरहेका छन् । नेपाल बारको भवनको प्रांगढमा भेला भएका उनीहरुको इजलास बस्नुपर्ने माग छ ।