धनगढी, ९ कार्तिक । आज देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेका कारण देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ ।
देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।