धनगढी, ८ कार्तिक । १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले एक(दुई दिनमा लिखित राजीनामा नै बुझाउने भएका छन् ।
रावलले १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने देखेपछि आफूले राजीनामाको घोषणा गरेको र अब पार्टी अध्यक्षलाई लिखित राजीनामा नै बुझाउने तयारी गरिरहेको बताए ।
गत भदौ २६ मा पार्टी एकताका लागि भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गर्न नचाहेको भन्दै रावलले शुक्रबारको स्थायी कमिटीको बैठकमा कार्यदल संयोजकबाट राजीनामाको घोषणा गरेका थिए ।