बझाङ, ६ कार्तिक । सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् ।
बझाङको सुर्मा गाँउपालिका–४ भेलादका अन्दाजी १९ वर्षीया सिमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन्।
बोहराले शनिबार बिहान रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ।
उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
शुक्रबार पनि जयपृथ्वी नगरपालिका–१० का नविन सुनारले सेती नदीमा हाम फालेका थिए।