धनगढी ५ कार्तिक/सुदूरपश्चिम प्रदेश सरकारले एकद्धार प्रणालीबाट राहात सामाग्री वितरण गर्न निर्णय गरेको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको संयोजकत्वमा वर्षाले पुर्याएको क्षतिमा राहत उपलब्ध गराउने सम्बन्धमा गैरसरकारी संस्था तथा अन्य सरोकारावालाहरुसंग मन्त्रालयमा बसेका बैठकले सो निर्णय गरेको हो ।
‘संघ संस्थाहरुबाट प्रदान गर्न सकिने राहात सामाग्री उपलब्ध गराउदा मन्त्रालयलाई सम्पर्क गर्नुपर्ने र प्रदान गर्दा नजिकको सरकारसंग समन्वय गर्नुपर्ने छ’ सो निर्णयमा भनिएको छ ।श्निबार रातीदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा मानिवय तथा भौतिक क्षति भएको छ । अहिले पनि प्रदेशमा २२ जना वेपत्ता रहेका छन भने हजारौ घरपरिवार विस्थापित रहेका छन ।
विस्थापित तथा प्रभावित परिवारलाई राहात पुर्याउने उद्देश्यले विभिन्न संघ÷संस्था तथा राजनीतिक दलका कार्यकर्ताहरुले आफु खुशी राहात वितरण गरिरहेका छन । ‘आफुखुशी राहात वितरण गर्दा विभेद बढ्ने देखिएको छ’ मन्त्री जोशीले भनिन –‘सबै वर्गलाई न्यायोचित होस र सरकार, संघ÷संस्था पीडितका पक्षमा काम गरिरहेको देखाउन पनि राहात वितरणमा सबैले सरकारसंग समन्वय गर्नुपर्छ ।’ उनका अनुसार अहिले केहीले चार वटा त्रिपाल पाएर घरभित्रै थन्काउने र कसैले नपाउने गरेको गुनासो आइरहेको छ ।मन्त्री जोशीले भनिन –‘सरकार आफ्नै ढंगले र संघ÷संस्था आफ्नै ढंगले अघि बढ्दा एक अर्कातर्फ आलोचना बढेको छ ।’ उनले सरकार पीडितका पक्षमा गम्भिर भएर लागिरहेको बताइन ।
बैठकमा सहभागि सरोकारवालाहरुले प्रदेशमा वेमौसमी अविरल वर्षाले मानविय तथा भौतिक क्षति पुर्याएको गुनासो गरेका थिए ।फाया नेपालका धनपति ढुंगेलले भने –‘बाढी पहिरोले प्रदेशका बासिन्दा निकै कष्टकरमा छन । अब सरकारले राहात वितरण र पुर्नस्थापनामा जोड दिनुपर्छ ।’ उनले सरकारले समयमै चलाएको कदमले धेरै मानविय क्षति हुनबाट सुरक्षित भएको बताए ।
याक नेपालका प्रदिप कुमार चौधरीले वर्षाका कारण धानमा अत्याधिक क्षति पुर्याएको बताए । उनले भने –‘अहिले दशैं सकिएको छ । तिहार नजिकिएकोले प्रदेशका बासिन्दालाई खाद्य अभावको महशुष हुन नदिन प्रदेश सरकारले पीडितहरुलाई पर्याप्त खाद्यान्न उपलब्ध गराउनुपर्ने छ ।’दलित महिला अधिकार मञ्चकी संयोजक सावित्रा घिमिरेले अविरल वर्षाबाट निम्तिएको बाढी पहिरोका कारण ज्येष्ठ नागरिक, महिला तथा बालबालिका बढी प्रभावित भएको बताइन । उनले भनिन –‘उनीहरुका लागि पनि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको छ ।’सरोकारवाला सबै संघ÷संस्थाका प्रतिनिधीहरुले सरकार र संघ÷संस्था पीडितको राहातका लागि संगसंगै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
शनिबारदेखि पूर्ण राहात प्याकेज वितरण गर्दै प्रदेश सरकार
बाढी पहिरोमा परी बिस्तापित भएका परिवारलाई सुदूरपश्चिम सरकारले शनिबारदेखि पूर्ण राहात प्याकेज वितरण गर्न लागेको छ ।प्रदेशका पहाडी सात जिल्ला सडक मार्ग सञ्चालन हुन नसकेपछि शनिबारदेखि हेलिकोप्टरमार्फत पूर्ण राहात प्याकेज बोकेर वितरण गर्न लागेको हो ।
शनिबार प्रदेश सरकारले बैतडी, डोटी र बझाङ जिल्लामा सो राहात सामाग्री वितरण गर्न लागेको प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री पूर्णा जोशीले बताइन ।
उनले भनिन –‘जिल्लामा पुगेर बढी समस्यामा परेको बर्गलाई राहत उपलब्ध गराउने छौं ।’ उनका अनुसार कुन ठाउ“मा के आवश्यक छ तथ्याकं प्रदेश सरकारले संकलन गरिसकेको छ ।
प्रदेशका बाढी तथा पहिरो पीडित प्रभावित घरधुरीलाई राहात, उद्दार तथा खोजी गर्नका लागि प्रदेश सरकारले विपद कोषमा २५ करोड रकम जम्मा गर्ने निर्णय गरिसकेको थियो ।आन्तरिक मामिला मन्त्री पुर्ण जोशी शुक्रबार सरोकारवालाहरुसंग छलफल गर्दै मन्त्री जोशीले भनिन –‘संघ÷संस्थाहरुले कसले के सहयोग गर्न सक्छन जानकारी पाऊ । अहिले हामीले कोषबाटै राहात सामाग्री खरिद गरि वितरण गर्न लागेका छौं ।’ मन्त्री जोशीले बाढी तथा पहिरो पीडितलाई राहात उपलब्ध गराउन इच्छुक नागरिकलाई आग्रह गरेका छन । उनले भनिन –‘रकम सहयोग गर्न चाहानेले कोषमा जम्मा गर्नु होला र खाद्यान्न तथा अन्य सामाग्री सहयोग गर्न चाहनेले मन्त्रालयमा सम्पर्क गर्नुहोला ।’
