धनगढी,५कार्तिक/ धनगढी उपमहानगरपलिकाले बाढीका कारण भएको क्षतीको तथ्याङ्क संकलन गर्न थालेको छ । उपमहानगरपालिकाले शुक्रवारदेखि १९ वडामा बाढी कारण भएको क्षतीको बिवरण संकलन गर्न थालेको हो ।
उपमहानगरपलिका भित्रका सबै वडामा के कती मात्रामा अन्नवली र पशुचौपायाँको क्षती भएको हो भनेर एकीन गर्न तथ्याङ्क संकलन गर्न थालिएको धनगढी उपमहानगरपलिकाका मेयर नृपबहादुर बडले बताए ।
तथ्याङ्क संकलन गर्नुअघि मेयर वड धनगढीका बिभिन्न वडा कार्यलयहरुमा पुगेर निश्पक्ष गरिकाले तथ्याङ्क संकलन गर्न वडा कार्यलयहरुलाई निर्देशन दिए ।
तथ्याङ्क संकलनपछि पिडीत किसानहरुलाई उचित राहतको ब्यबस्था गर्न प्रदेश र संघिय सरकारलाई अनुरोध गर्ने बताउदै मेयर वडले स्थानिय सरकारले पनि के कती सकिन्छ राहतको ब्यबस्था गर्ने उनको भनाई छ ।
गत असोज ३१ गतेदेखि परेको बेमौसमी बर्षातका कारण धनगढीको फूलवारी,उर्मा, जुगेडा,श्रीलंका लगायतका स्थानमा बाढीका कारण बढी मात्रामा धानबाली लगायतका अन्नबाली नष्ट गरेको बताईएको छ ।