सरस्वती साफरी
धनगढी, ४ कार्तिक/प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने भएपछि धनगढीको सुरक्षा व्यबस्था कडा पारिएको छ । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा बाढीपहिरो प्रभवित क्षेत्र अवोलकनका क्रममा रहेका प्रधानमन्त्री देउवाको धनगढीमा बस्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री देउवा धनगढीमा बस्ने भएपछि कैलालीमा तिनै तहाका सुरक्षाकर्मी तैनाथ गरिएको जिल्ला प्रशासन कार्यालयका प्रबक्ता शिबराज जोशीले जानकारी दिए । ‘हामीले प्रधामन्त्री ज्युको सरक्षा सबै संयन्त्र तयार राखेका छौ’ जोशीले भने–‘बिहिबार सम्म धनगढीको सुरक्षा व्यबस्था कडा नै हुन्छ ।’
धनगढीमा मात्रै प्रधानमन्त्री सुरक्षाका लागि दुई ५० भन्दा बढी नेपाल प्रहरी परिचालन गरेको कैलालीका प्रहरी प्रबक्ता प्रतिक बिष्टले जानकारी दिए । चोक चोकमा प्रहरीको संख्या बढाएको समेत बिष्टले जानकारी दिए । प्रधानमन्त्री देउवाको आज (बिहिबार) धनगढीकै डिभोडी होटलमा बस्ने कार्यक्रम रहेको छ ।





