• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्‍चनपुरमा जंगली हात्ती भगाउन सुरक्षाकर्मी परिचालन

धनगढी, ४ कार्तिक । जंगली हात्तीको बथान भगाउन शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि हात्ती भगाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो ।

नगरप्रमुख दिलबहादुर ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली परिचालन गरिएको छ । हात्ती नियन्त्रणका लागि सुरक्षा निकायका २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका–१, २, ३, ४, ५, ८, ११ र १२ वडा प्रभावित छन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने र इलेक्ट्रक फेन्सिङलाई व्यवस्थित पार्ने काम भइरहेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले जानकारी दिए । हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने काम भइरहेको उनको भनाइ छ ।

लगातारको वर्षाका कारण धानबाली भित्र्याउन नपाएका किसानको धान हात्तीले नोक्सानी गर्न थालेपछि यस क्षेत्रका किसान थप मर्कामा परेका छन् । जंगलीहात्तीले बुधबारमात्रै नगरपालिकाको वडा नं १२ का दम्पती ध्वजबहादुर कार्की र मथुरा कार्कीको ज्यान लिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

बस्ती नजिकैका सामुदायिक वनमा जंगलीहात्ती दिउँसै ओहोरदोहोर गर्दै आएका छन् । स्थानीय बासिन्दाले हात्तीकै डरले मेलापात गर्न छाडेका छन् ।

प्रत्येक वर्ष भारतको दुधुवा नेशनल पार्क हुँदै जंगलीहात्तीको बथान यहाँ आइपुग्ने गर्दछ । वर्षात्का बेला दुधुवा नेशनल पार्कमा पानी भरिने भएकाले हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र, त्यसका वरिपरिका क्षेत्र र चुरे क्षेत्रका बस्तीमा हात्तीले बढी नोक्सानी पुर्‍याउँदै आएको छ । हिँडडुल गर्ने पुरानो प्राकृतिक बाटो ९करिडोर० मासिदा हात्तीले अधिक नोक्सनी पुर्‍याउने गरेको वन्यजन्तु विज्ञहरुको भनाइ छ ।

‘हात्तीले समूहमा रहेका बेला आक्रमण गर्दैन’, विज्ञहरु भन्छन्, ‘प्रजननका बेला मात चढेको मत्त भाले हात्तीले आक्रमण गरी मानवीय क्षति निम्त्याउने गरेको पाइएको छ।’ छावामाथि आक्रमण हुनसक्ने ठानेमा हात्ती हिंस्रक हुने बताइएको छ ।

 

बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.