धनगढी, ४ कार्तिक । कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढीले कटान गर्दा अवरुद्ध भएको छ ।
बाढीले करिव दुई सय पचास मिटर कालोपत्रे कटान गरि बगाएको छ । कर्णाली नदिको बहावबाट आएको बाढीले २ गते राति कालोपत्रे कटान गरेको हो ।
टीकापुर नगरपालिका वडा नं ८ बनगाउं स्थित हुलाकि सडक कर्णाली नदिमा आएको बाढिले भत्काएर भङ्गालो बनाएर नदिको बहाप गाउँ तिर पस्दा राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।
