धनगढी,३ कार्तिक । माछा मार्न गई बेपत्ता भएका कैलालीका तीन जनाको दुई दिनपछि सकुशल उद्धार गरिएको छ ।
सोमबारदेखि बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ढुङ्गे बजार बस्ने ६१ वर्षीय खडक घर्ती मगर, सोही ठाउँ बस्ने ३५ वर्षीय विक्रम घर्ती मगर र २६ वर्षीय खडक राना मगरको आज सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
बुधवार जानकी गाउँपालिका वडा न ९ र बर्दिया जिल्लाको बिचमा पर्ने कर्णाली नदिको लालमटिया टापुबाट तीनै जनालाई सकुशल फेला पारी उद्धार गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्तले बताए ।
आज बिहानै उनिहरुको खोजीका लागि लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य दीपक बहादुर शाहीको नेतृत्वमा १० जना स्थानीय व्यक्तिहर्रु (याफटिङको सहायताले सुरक्षाका सामान सहित शङ्कास्पद स्थानहरूमा खोजतलास गरेको थियो ।