डोटी,३ कार्तिक ।डोटीमा पहिरोमा परि एक घमा पूर्ण रुपमा क्षति थरेको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर ४ मा बुङडामा रहेको देव बहादुर विकको घरमा गयराती क्षेती गरेको छ ।
घरमाथिबाट आएको पहिरोले घरमा ठुलो क्षति गरेको देव बहादुरले बताए । उनले घर भित्र राखेका अन्नबाली ,कपडा लगायतका सामानहरू पुरै नष्ट भएको बताए ।
अहिले घर पहिरोले घर भत्काएपछि आफूहरू विस्थापित हुनु परको उनले बताए । यस्तै घरमा रहेको पक्की शौचालय समेत पुरिएको जनाएको छ ।
पहिरोमा परि कुनै मानवीय क्षति भने हुन नपाएको देव बहादुरले बताए । अहिले सो क्षेत्रमा दर्जनौँ घर पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।यस्तै लगातारको बर्षका कारण डोटीका बिभिन्न ठाँउमा पहिरो जाँदा नौ जनाको समेत ज्यान गएको छ ।