डोटी,२ कार्तिक । पहिरोमा परि डोटीमा दुई बालकको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका ६ अलैत बस्ने डिल बहादुर कुन्जेडाका ११ वर्षका सागर र १५ वर्षका आसिकको मृत्यु भएको हो ।
गए राती करिब १ बजे तिर डिल बहादुरको गोठमा पहिरो खस्दा दुवै जनाको घटना स्थलमै मृत्यु भएको स्थानीय पदम खड्काले बताए । यस्तै गोठमा रहेका एक हल गोरु समेत मरेको जनाएको छ ।
