धनगढी २ कार्तिक/कैलालीमा निर्माणाधिन अवस्थामा रहेको रानी जमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको बाँध भत्किएको छ । सिचाईको बाध बगाएपछि ठुलो क्षति भएको पुर्वअनुमान गरिएको छ ।
कर्णाली नदीको बहाव बढेसंगै बाँध भत्केपछि बस्तीहरुमा पानी पस्ने जोखिम बढेको हो । कर्णालीमै बहाब बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा समेत त्रसित भएका छन् ।जिल्ला प्रशासन कार्यालय कैलालीले कर्णालीले बाँध भत्काएपछि नदी बस्तीमा पस्ने जोखिम बढेको भन्दै सो क्षेत्रका मानिसलाई सतर्क रहन आग्रह गरेको छ ।