धनगढी, २ कार्तिक । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै अवरुद्ध छ। कैलालीको भासु भिर नजिक गएको पहिरोका कारण सोमबार साँझ ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।
पहिरोले सडक अवरुद्ध हुँदा ६० भन्दा बढी सवारी साधन र सयौं यात्रु अलपत्र परेका छन । ‘पहिरोले गाडी जान नसक्दा १५ घण्टाअघि अवरुद्ध भएले अलपत्र परेको यात्रुहरुले बताएका छन ।
पानी लगातार परीरहेको र घरिघरि माथिबाट ढुङ्गा खसिरहेकाले चिन्ता थपिएको उनिहरुको भनाई छ । बिरामी बोकेका एम्बुलेन्ससहित दर्जनौ गाडी भिरमा रहेकाले माथिबाट निरन्तर आइरहेको ढुङ्गा र पहिरोमा पर्न सक्ने उच्च जोखिम छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले आज विहानदेख राजमार्ग खोल्ने प्रयास भइरहेको बताए।