• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बझाङमा विमानस्थलको रनवेमा ओहोरदोहोर गर्छन् स्थानीय

धनगढ,१ कार्तिक । बझाङको एउटा विमानस्थलको रनवेलाई स्थानियले आवतजावत गर्ने बाटो बनाएका छन ।

जिल्लाको देवल विमानस्थलको रनवेमा त्यहाका स्थानियहरुले दैनिक आवतजावत गर्ने गरेका हुन । उक्त विमानस्थलको रनवेमा हवाईजहाज अवतरण हुने बेलासम्म स्थानीयहरुले हिडडुल गर्ने गरिरहने गरेका छन् । त्यति मात्रै नभई स्थानीयले विमानस्थललाई धान, पराल बोक्ने मुख्य बाटोको रुपमा प्रयोग गर्दै आएका छन ।

विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि चेकजाँचमा लापरवाही गर्ने गरेका छन । २३ जना सुरक्षा गार्डको दरबन्दी रहेकोमा ११ जना मात्र छन् । विमानस्थलमा स्थानीयलाई आवतजावतमा रोक लगाउन सुरक्षाकर्मीलाई आग्रह गरेपनि सुनुवाइ नभएको समिट एयरलाइन्स बझाङका स्टेसन प्रमुख हिक्मत सिंहले गुनासो गरे ।

विमानस्थलको घेरबारमा प्रयोग गरेको काँडे तारमा स्थानीयहरुले लुगा सुकाउने गरेको सिंहले बताए । धान, पराल, घाँस, पानीलगायत सामान पनि रनवे हुँदै ल्याउने गरेकाले घाँस, पराल, फुटेका चुराका टुक्रा रनवेमा खस्ने गरेको उनको भनाइ छ ।

‘विमानस्थलको रनवेमा स्थानीयहरु यसरी नै हिँड्डुल गर्ने र सुरक्षाकर्मीहरुले कडाइ नगर्ने हो भने हवाई सेवा बन्द गर्नु पर्ने अवस्था सिर्जना हुन्छ,’ उनले भने, ‘स्थानीयहरुलाई रनवे बाट जान रोक लगाउन अनुरोध गर्दा पनि सुरक्षाकर्मीले चासो नदिँदा सुरक्षा चुनौती थपिएको छ ।’
विमानस्थलको वेटिङ स्थलमा पनि गाईवस्तुहरु जाने गरेका छन ।

गत असारमा विमानस्थलका प्रमुख, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको बैठकले विमानस्थलमा फोटो, भिडियो खिच्न नपाइने, अनुमतिविना विमानस्थलभित्र जान नपाउने निर्णयहरु गरेको थियो । तर, उक्त निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन । स्थानीयलाई तलमाथि गर्न बैकल्पिक बाटो नहुँदासम्म रनवेमा हिँड्ने काम बन्द नहुने स्थानीय पवन धामी बताउँछन् ।

विमानस्थल सुरक्षाकर्मीका इन्चार्ज केशवदत्त भट्ट भने विमानस्थलमा लगाएको तारबार ठाउँठाउँमा मर्मत गर्नुपर्ने र हवाईजहाज आउने जाने समय निर्धारित हुने नभएकाले समस्या भएको बताउँछन् । यस्तै, उनले विमानस्थल प्रमुखलाई स्थानीयका लागि बैकल्पिक बाटो बनाउन अनुरोध गरे पनि सुनुवाइ नभएको बताए ।

‘प्लेन यति बेला आउँछ भन्ने टाइमटेबल हुँदैन’ उनले भने, ‘कहिलै गाउँतिर ड्युटीमा गएको अवस्थामा आउँछ । कहिले खाना खाने बेला आउँछ ।’

भट्टले सुरक्षामा दरबन्दी अनुसार सुरक्षाकर्मी खटाउनु पर्ने माग गरे पनि कुनै सुनुवाइ नभएको बताए । साथै, खटिएका सुरक्षाकर्मी बस्ने भवन जीर्ण भएकाले आफूहरु नै सुरक्षित नभएको गुनासो उनले गरे । ‘कहिले काहीँ राति भवनको पाखोबाट माटो र ढुंगा खस्छन्’ उनले भने, ‘जीर्ण भवनमा डराइडराइ बस्नु परेको छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले विमानस्थलको घेरबार नभएको र हवाईजहाज कुन दिन कुन समयमा आउँछ भन्ने पनि जानकारी नभएका कारण समस्या भएको बताए । प्रहरी एक्लैले मात्रै विमानस्थलको सुरक्षा दिन नसक्ने भएकाले नागरिकले पनि विमानस्थल सुरक्षाको अपनत्व लिनु पर्ने उनको भनाइ छ ।

विमानस्थलका वरिष्ठ अधिकृत तथा विमानस्थल सुरक्षा समिति अध्यक्ष भानुभक्त आचार्यले भने सुरक्षाकर्मीको कार्य क्षेत्र बढेको र स्थानीयले प्रहरीलाई सहयोग नगर्दा सुरक्षामा चुनौती थपिएको बताए । उनले विमानस्थल घेरबारका लागि तारजालीको टेन्डर भैसकेको र सुरक्षाकर्मीहरुको भवनको लागि केन्द्रबाट काम अघि बढिसकेको जानकारी दिए ।

सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.