• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

व्यापार नहुँदा धनगढीका व्यापारी चिन्तित

धनगढी, २७ असोज/दसैँको समयमा सोचेजस्तो व्यापार नहुँदा व्यावसायीहरु चिन्तित भएका छन् ।नेपालीहरुको महान चाड दसैंको आगमनमा समेत धनगढी बजारमा चहल–पहल नहुँदा र सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरु चिन्तित देखिएका हुन् ।

चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको छ । भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ । धनगढीका व्यापारी मदन कृष्ण भट्टका अनुसार विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरेपनि कोरोना महामारीपछि व्यावसाय फस्टाउन सकेको छैन । उनले खुला सीमानाकाका कारण व्यवसाय नै चौपट भएको गुनासो पनि गरे ।

व्यापारी भट्टले भने, ‘चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको छ । भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ । विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गर्दथ्यो, तर कोरोना महामारीपछि सोचेजस्तो व्यापार हुन सकेको छैन ।’

उपभोक्त अञ्जु घिमिरेले भने नेपालको बजारमा व्यापारीले आफूखुशी भाउ बढाएपछि दशैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारी जाने गरेको बताइन् । उनले चाडवाड शुरु भए लगत्तै व्यापारीहरूले आफैँ भाउ बढाउने गरेको पनि बताइन् ।उनले भनिन्, ‘नेपालको बजारमा व्यापारीले आफूखुशी भाउ बढाएपछि दशैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारी जाने गरेका छन् । चाडवाड शुरु भए लगत्तै व्यापारीहरूले आफैँ भाउ बढाउने गर्दछन्, बरु भारतको बजारमा सुपथ मूल्यमा सामान किन्न पाइन्छ ।’

नेपाली बजारमा चाडवाडलाई लक्षित गरेर व्यपारीहरुले आफूखुशी भाउ बढाउन थालेपछि भारतको वन गाउँमा किनमेल गर्न नेपालीहरु सीमापारी जाने गरेका गुनासो बढेको छ । अहिले त्रिनगर नाकाका किनमेल गरेर नेपाल फर्किनेको लर्को लागेको छ ।

बुधबार, असोज २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.