धनगढी,२६ असोज । धनगढीको कपडा बैंकलाई २०० थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ मा शिवपुरी धाम परिसरभित्र रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो।
लायन्स क्लब अफ धनगढीले २०० थान कपडा दान गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। संकलन भएको कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको छ।