धनगढी,२६ असोज । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले धनगढीमा फूलपाती भित्र्याएका छन् ।
उनिहरुले आज धनगढीस्तिथ नैनादेवी मन्दिर र नेपाल प्रहरीले वनदेवी मन्दिरमा फूलपाती भित्र्याएको हुन्। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।