• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बलात्कृत बालिका न्यायको प्रतीक्षामा, आफन्त भन्छन् – ‘पीडक सुखी, हामी कति पीडामाथि पीडा खेप्ने ?’

धनगढी, १४ असोज । कैलालीकी एक १३ वर्षीया बालिका गत वर्ष माघमा बलात्कृत भइन् । बलात्कृत भए पनि उनले डरका कारण कसैलाई पनि केही पनि भनिनन् । केही सातापछि उनको पेट दुख्न थाल्यो । अभिभावकले उनलाई उपचारका लागि नजिकैको क्लिनिकमा लगे । चेकजाँचबाट उनको पेटमा गर्भ रहेको पाइयो । अभिभावकले धेरै सोधपुछ गरेपछि बल्ल बालिकाले आफूमाथि छिमेकी कालुराम थारुले जबरजस्ती करणी गरेको खुलासा गरिन् ।

प्रहरीले बालिकामाथि बलात्कार गरेको आरोपमा बिसराम भनिने कालुराम थारुलाई पक्राउ गर्यो । कालुराम अहिले कैलाली जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि कैलाली कारागारमा बन्दी छन् । बालिकाका अभिभावकहरू चाड मनाउन बाहिर गएको बेला थारुले उनीमाथि बलात्कार गरेका थिए ।

बालिका बलात्कृत भएको नौ महिना पुग्न लागेको छ । बलात्कारसम्बन्धी मुद्दा फागुन ३ गते अदालतमा दायर भएको थियो । पीडित बालिकाको परिवार अदालतको फैसलाको प्रतिक्षामा छ । पीडित बालिकाका बुबाले भने, ‘हामीमाथि यत्रो पीडा दिने मान्छे मजासँग कारागारमा बसेको छ । हामीले अदालतमा बयान दिन बारम्बार धाउनु परिराखेको छ ।’

बालिकामाथि बलात्कारको मुद्दा अदालतमा दायर भएको आठ महिना भइसक्दा पनि फैसला नभएकोले उनको परिवार निकै खिन्न देखिन्छन् ।

कैलाली जिल्ला अदालतका अनुसार सो मुद्दाको पहिलो पेसी बैशाख ७ गते तोकिएको थियो । सो समयमा अदालतले विशेषज्ञसँग बुझन आदेश दिएको थियो । त्यसयता सो मुद्दाको पेसी तीन पटक सरिसकेको छ । गत असार २९ गते तोकिएको मुद्दाको पेसी कानुन व्यवसायी आउन नसक्ने भएपछि स्थगित गरेर साउन २७ गते तोकिएको थियो ।

तर, सो मितिमा बार एकाइको पत्रका कारण मुद्दाको पेसी फेरि साउन १६ गते तोकिएको थियो । त्यो दिन पनि इजलास नबसेका कारण पुनः असोज १९ गते तोकिएको छ । दोषीलाई छिटो कानुनअनुसार सजाय दिनुपर्ने पीडित परिवारको भनाइ छ ।

डीएनए परीक्षण भएन

ती बालिकामाथि बलात्कारको आरोपमा पक्राउ परेपछि पीडित परिवारले डीएनए परीक्षणको माग गरे । तर, अहिलेसम्म डीएनए परीक्षण भएको छैन । पीडक पक्षले सहमति नगरेका कारण अहिलेसम्म डीएनए परीक्षण हुन नसकेको बताइन्छ ।

पीडितकी आमाले भनिन्, ‘छोरीले बच्चा पनि जन्माइसकेकी छे । बच्चा र अभियुक्त कालुरामको डीएनए परक्षण गराउनु पर्यो भनेर बारम्बार माग गर्यौँ, तर कसैले पनि सुन्दैन ।’ अभियुक्तलाई उम्काउने प्रयास त भइराखेको छैन भन्ने उनको आशंका छ ।

नवजात शिशुको स्वास्थ्य अवस्था नाजुक बन्दै

बलात्कृत बालिकाले गत साउन २६ गते धनगढीस्थित एउटा नीजि अस्पतालमा छोरी जन्माएकी थिइन् । उनका आफन्तहरूका अनुसार नवजात शिशुको स्वास्थ्य दिनप्रतिदिन बिग्रिँदै गएको छ ।

बिहिबार, असोज १४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.