धनगढी, १२ असोज । धनगढीको नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु भएकी महिलाको आवश्यक छानविन गर्न माग गरिएको छ ।
सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) मा अध्यनरत विद्यार्थीहरुले मान्छे मार्न पाइदैन, चिकित्सक माथि छानविन हुनु पर्ने भन्दै मंगलबार बिहान धनगढीमा प्रर्दशन समेत गरेका हुन् ।
उनिहरुले सुदूरपश्चिमको मुख्य मन्त्री कार्यालय अगाडी केहि बेर नाराबाजी समेत गरेका हुन् । शनिबार सुत्केरी ब्यथा लागेपछि धनगढीको नवजीवन अस्पताल पुगेकी डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको आइतबार बिहान मृत्यु भएको थियो।
महिनौँअघिदेखि चेकजाँच गर्दै आएका डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरबाहीको पारकाष्ठा रहेको विद्यार्थीहरुले बताउका छन् ।
तर चिकित्सकहरूले कुनै लापरबाही नगरेको भन्दै अस्पतालले आइतबार स्पष्टीकरण दिइसकेको छ । कल्पनाको मृत्यु भएको तीन दिनसम्म पनि आफन्तले अस्पतालबाट शव उठाएका छैनन ।
